दफा ३२
मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकार
: (१) मूल्यदेय हुलाक
वस्तुहरु हुलाकबाट चलान गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ः-
(क) मूल्यदेय गरी पठाउन सकिने हुलाक वस्तुहरुको किसिम,
(ख) पाएको सच्चा (बोनाफाइड) आदेशबमोजिम पठाउन लागेको हो भनी पठाउनेले घोषित नगरेसम्म कुनै हुलाक वस्तु मूल्यदेय गरी पठाउन नदिने,
(ग) मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल गरिने मूल्यको हद अंक,
(घ) मूल्यदेय हुलाक वस्तु पठाउनेले भर्नुपर्ने विवरणपत्रको ढाँचा र दस्तुर तिर्ने समय र तरिका,
(ङ) कुनै मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल उपर भएको रकममा कुनै जालसाजी भएमा सो रकम ठेगानावालालाई फिर्ता गर्ने व्यवस्था, र
(च) मूल्यदेय हुलाक वस्तुहरु डेलिभरी गर्ने वा त्यसको मूल्य तिर्ने सम्बन्धमा परेका उजूरीहरुको जाँचबुझको निमित्त लाग्ने दस्तुर तोक्ने।
(३) हुलाक वस्तु मूल्यदेय गरी पठाउन पोष्टिङ्ग गर्न सकिने हुलाक अड्डाको नाम, समय र अपनाउनु पर्ने तरिका र मूल्यदेय हुलाक वस्तुहरुलाई डेलिभरी गर्ने हुलाक अड्डाको नाम, समय र तरिका महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिदिए बमोजिम हुनेछ ।
(४) यस दफाको उपदफा (२) को खण्ड (ङ) अन्तर्गत बनेको कुनै नियम बमोजिम गरेको वा सो बमोजिम भनी सम्झी असल नियतले गरेको कुनै काम कार्यको सम्बन्धमा नेपाल सरकार वा हुलाक अड्डाको कुनै कर्मचारी उपर कुनै नालेस, उजूर वा कानूनी कारवाई चल्ने छैन ।